दुई लघुवित्तको बोनस शेयर नेप्सेमा सूचिकृत

२१ असार २०७८, सोमबार १३:१८

काठमाडौं । दुई लघुवित्त कम्पनीको बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर आज सूचिकृत भएको हो ।

स्वरोजगार लघुवित्तको ४ लाख ५३ हजार ४२१ दशमलव ७७ कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो बोनस शेयर भोलीदेखि नै इच्छुक लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् । कम्पनीले सम्पन्न वार्षिक साधारणसभाबाट पारित १२.३९ प्रतिशत बोनस शेयर सूचिकृत गराएको हो ।

त्यस्तै, निर्धन लघुवित्तको १९ लाख ५० हजार कित्ता बोनस शेयर सूचिकृत भएको हो । सो बोनस शेयर सूचिकृत पश्चात लगानीकर्ताले भोलीदेखि नै खरिदबिक्री गर्न पाउनेछन् । कम्पनीको सम्पन्न वार्षिक साधारणसभाबाट पारित १३ प्रतिशत बोनस शेयर आज सूचिकृत गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*