असार २२ गतेदेखि राष्ट्र बैंकले ५ अर्बको ऋणपत्र निष्काशन गर्ने

२१ असार २०७८, सोमबार १३:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बैंकले ५ वर्षे अवधि रहेको विकास ऋणपत्र, २०५३ “ङ” असार २२ गते बोलकबोलमार्फत बिक्री गर्ने भएको हो ।

केन्द्रीय बैंकले सरकारलाई आवश्यक रकम जुटाउनका लागि विकास ऋणपत्र जारी गर्न लागेको हो ।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिन सकिने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*