जीवन विकास लघुवित्तको प्रिअलटमेन्ट आज, बिहिबार बाँडफाँड हुने

२१ असार २०७८, सोमबार १४:०१

काठमाडौं । जीवन विकास लघुवित्तको प्राथमिक शेयर आज ‘प्रि अलटमेन्ट’ हुने भएको छ । कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सम्पुर्ण प्रकृया पुरा भएकाले आज अपरान्ह ३ बजे प्रि अलटमेन्टको तयारी गरेको छ । कम्पनीले प्राविधिक कारण सम्भव भएसम्म बिहिबार आईपीओ बाँडफाँड गर्ने तयारी भईरहेको बीमा पोष्टलाई जानकारी गराएको छ।

जीवन विकासको आइपीओमा २० लाख ८४ हजार ७६२ जना लगानीकर्ताले आवेदन दिएका छन् ।सर्वसााधारणबाट माग भन्दा १६.९१ गुणा बढी आवेदन परेको हो ।। जीनव विकास लघुवित्तको सेयर हात पार्न लगानीकर्ताले भाग्यमा भर पर्नुपर्नेछ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । कुल आवेदकमध्ये ८.८६% आवेदकले मात्र शेयर पाउनेछन् ।

बाँकी ९१.१४% आवेदकको हात खाली हुनेछ । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ०.५% अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणलले आवेदन दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*