नेप्से ११ अंकले घट्दा कारोबार पनि खुम्चियो, विशाल बजार कम्पनीको सर्किट लेभलमा कारोबार

२१ असार २०७८, सोमबार १५:११

काठमाडौं । साताको दोस्रो दिन सोमबार नेप्से ११ अंकले घटेको छ । आज नेप्से परिसूचक ११ दशमलव ७८ अंकले घटेर २८२२.७४ विन्दुमा कायम भएको छ ।

आज २२४ कम्पनीको १ करोड ६३ हजार ६३६ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड २२ लाख १२ हजार ५७८ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेको १३ उपसूचकमध्ये ५ समूह बाहेक सबै समूह राताम्य भएका छन् । आज उत्पादन तथा प्रशोधन समूहमा सर्वाधिक २३१.७४ अंकले बृद्धि भएको हो । त्यस्तै निर्जीबन बीमा समूहमा आज १५६.६२ अंकले गिरावट आएको छ ।

त्यस्तै आज सर्वाधिक कारोबार हुने कम्पनीमा हिमालयन डिस्टीलरी रहेको छ । सो कम्पनीको ४१ करोड २० लाख ८९ हजार ७३२ रुपैयाँको कारोबार भएको छ । भने आज सर्वाधिक कमाउने कम्पनीमा विशाल बजार कम्पनी रहेको छ । कम्पनीको आज सर्किट लेभलमा कारोबार भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*