मनकामना स्मार्ट लघुवित्तको आईपीओमा मागभन्दा झण्डै ७२ गुणाको आवेदन, १९ लाख बढीको हात खाली

२१ असार २०७८, सोमबार १९:५६

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले निष्काशन गरेको अन्तिम दिनमा आन आईपिओमा ७१ गुणा बढीको आवेदन परेको छ । आज बेलुकासम्ममा कम्पनीको आइपीओमा २० लाख १ हजार ९ सय १९ आवेदकबाट २ करोड ६१ लाख ५५ हजार १० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा ७१।९५ गुणा बढी हो । अन्तिम तथ्यांक भने आउन बाँकि रहेको क्यापिटलले जनाएको छ । कम्पनीको आईपिओ गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले मात्र शेयर पाउने छन् । जसका कारण १९ लाख बढी आवेदन हात खाली हुने छन् ।

कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। आज विहान ११ बजेदेखि खुल्ला हुने कम्पनीको शेयरमा असार २१ गतेसम्म आवेदन दिन सकिन्छ ।

लघुवित्तले ३२।११ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरको हो । सर्वसाधारणलाई छुट्याइएकोबाट कर्मचारी र सामूहिक लगानी कोषलाई पनि शेयर दिईने क्यापिटलले जनाएको छ।त्यस्तै, तीन लाख ८९ हजार कित्ता सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४ सय ५० कित्ता कोषहरुले पाउने छन्। बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गर्न पाउने छन्। कम्पनीको शेयर कम्तिमा १० कित्ताका लागि आवेदन दिन सकिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*