नेपाल एग्रो लघुवित्तद्धारा संचालक नियुक्त

२२ असार २०७८, मंगलवार ११:१७

काठमाडौं । नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडले सञ्चालक नियुक्त गरेको छ । संस्थाले आज सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

संस्थाको असार २१ गते सम्पन्न पाचौं वार्षिक साधारणसभाले संचालक नियुक्त गरेको हो । कम्पनीले वालिङ नगरपालिका वडा नं. ३ का शेयरधनी रमेश कुमार कर्माचार्यलाई अध्यक्ष पदमा नियुक्त गरेको हो ।

त्यस्तै, पर्वत जिल्ला फलेवास–१ का शेयधनी निलकण्ठ शर्मा लम्साल, कास्की जिल्ला पोखरा वडा नं. १२ शेयरधनी विवेक श्रेष्ठ र कास्की जिल्ला पोखरा वडा नं. ५ को शेयरधनी विनिता कोईरालालाई संचालक सदस्य पदमा नियुक्त गरेको कम्पनीका सचिव दीपक पराजुलीले जानकारी दिएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*