लुम्बिनी विकास बैंकको साढे ३ लाख संस्थापक शेयर बिक्रीमा

२२ असार २०७८, मंगलवार १२:३३

काठमाडौं । लुम्बिनी विकास बैंकका शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै यस्तो जानकारी गराएको हो ।

बैंकका शेयरधनीको नाममा रहेको संस्थापक शेयर ३ लाख ५० हजार कित्ता शेयर बिक्री गर्न आवश्यक स्वीकृतिको लागि बैंकको संचालक समिति समक्ष आवेदन दिएकोमा बैंकले सो संस्थापक शेयर बिक्रीमा ल्याउन लागेको हो ।

सो शेयर खरिदका लागि इच्छुक संस्थापक शेयरधनीहरुले आजको मितिदेखि ३५ दिनभित्र सो सम्बन्धी विवरण खुलाई बैंकको मुख्य कार्यालय डिल्लीबजार, काठमाडौंमा लिखित जानकारी गराउन सकिने बैंकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*