बोटलर्स नेपालले पूरानो लाभांश लिन शेयरधनीलाई गर्यो आग्रह

२२ असार २०७८, मंगलवार १२:५६

काठमाडौं । बोटलर्स नेपाल (तराई)ले शेयरधनीलाई पुरानो लाभांश लिन आग्रह गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै एक महिनाभित्र दाबी गर्न आग्रह गरेको छ। कम्पनीले २०७२ पुस २८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित लाभांश सम्बन्धी शेयरधनीहरुले वा निजको शेयधनीले पाँच वर्ष पुगिसक्दा लाभांश लिन नआएकाले पुरानो लाभांश लिन आग्रह गरेको हो ।

पूराना एवं हालसम्म लाभांश नलिएका शेयरधनीले कम्पनीको शेयर रजिष्ट्रारको कार्यालय नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड नारायणचौर नक्सालमा आफ्नो शेयर प्रमाणपत्रका साथ यो सूचना प्रकाशित भएको एक महीनाभित्र सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*