समृद्धि फाइनान्सले असार २९ गतेबाट लिलामी शेयर बिक्रि गर्दैै

२२ असार २०७८, मंगलवार १३:०३

काठमाडौं। समृद्धि फाइनान्सले असार २९ गतेबाट संस्थापक समूहको ११ लाख ३५ हजार ५५८ कित्ता सेयर लिलामी बिक्री खुला गर्ने भएको छ ।कम्पनीले अवतरिक्त शेयर बिक्री गर्न लागेको हो । कम्पनीले यसअघि १३ लाख ८० हजार ७१८ कित्ता सेयर लिलामीमा ल्याएको थियो ।

यस लिलामी शेयरमा लगानीकर्ताले न्यूनतम १ सय रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद साउन ५ गतेसम्म तोकिएको छ । यसमा बिक्री प्रबन्धक बिओके क्यापिटल तथा समृद्धि फाइनान्सको केन्द्रीय कार्यालयबाट पनि आवेदन सकिनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*