गरिमा विकास बैंकको ऋणपत्रले कति पायो रेटिङ ?

२२ असार २०७८, मंगलवार १३:०८

काठमाडौं । गरिमा विकास बैंकले रेटिङ एजेन्सी इक्रा नेपालले गरिमा विकास बैंकको लाई ‘इक्राएनपी इस्युअर रेटिङ ट्रिपल बी माइनस’ रेटिङ प्राप्त गरेको छ । कम्पनीले निष्काशन गर्न लागेको १० लाख इकाई ऋणपत्र उक्त रेटिङ पाएको हो ।

बैंकले १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा १० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । यसमध्ये ४ लाख इकाई सर्वसाधारणका लागि खुला हुनेछ । बाँकी ६ लाख इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बैंकको बिक्रि प्रबन्धकमा एनआइबीएल एस क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*