सिभिल बैंकको एटिएम स्तरोन्नतिपछि ९ वटा एटिएम संचालनमा

२२ असार २०७८, मंगलवार १३:५०

काठमाडौं । सिभिल बैंकको एटिएम स्तरोन्नतिपछि ९ वटा एटिएम संचालनमा आएको छ । बैंकले आज एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

बैंकको एटिएम स्वीच सफलतापूर्वक स्तरोन्नति भएको जानकारी गराउँदै हाल उपत्यकामा ९ वटा एटिएम संचालनमा आएको जानकारी गराएको छ । बैंकले एटिएम स्तरोन्नतिको कार्य भइरहेको हुँदा असार मसान्तसम्ममा केहि प्राविधिक कठिनाईहरु आउन सक्ने कुराको जानकारी गराउँदै हिमालय बैंकको एटिएम प्रयोग गर्न अनुरोध गरेको थियो ।

बैंकले हाल बैंकको मुख्य कार्यालय सिटिसि मलको एटिएम, त्रिपुरेश्वर, गोंगबु, नयाँ बानेश्वर, गोठाटार, दौबहाल, यातायात कार्यालय, एकान्तकुना, भिमसेनस्थान र किर्तीपुरको एटिएम संचालनमा आएको जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*