राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष पदमा मनोनित पुडासैनीद्धारा शपथ ग्रहण

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष पदमा मनोनित भएका रामशरण पुडासैनीले शपथ ग्रहण गरेका छन् ।संचालक समितिका नवनियुक्त अध्यक्ष पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
बैंकको असार २० गते सम्पन्न बैठकले अध्यक्ष पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । अध्यक्ष रामशरण पुडासैनी नेपाल सरकार अर्थ मन्त्रालयका राजश्व सचिव हुन् ।