यी हुन् मंगलबार सर्वाधिक कारोबार भएका कम्पनी

काठमाडौं । आज नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये २ सय २० कम्पनीका १ करोड १ लाख ३५ हजार २०९ कित्ता शेयर खरिदबिक्रि भएको छ ।आज हिमालयन डिस्टिलरीको सर्वाधिक कारोबार भएको छ। कम्पनीको ३५ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
माथिल्लो तामाकोशीको २० करोड ५२ लाख रुपैयाँ, नेपाल बैंकको १३ करोड ६५ लाख रुपैयाँ, निफ्राको १२ करोड ३७ लाख रुपैयाँ, नेशनल हाइड्रोपावरको १० करोड ७५ लाख रुपैयाँ, एचआईडीसीएलको १० करोड २४ लाख रुपैयाँ, नेपाल पुनर्बीमा कम्पनीको १० करोड २० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।