जीवन विकास लघुवित्तको आइपीओ भोलि बाँडफाडँ हुने, १९ लाख बढीले नपाउने

२२ असार २०७८, मंगलवार १७:१६

काठमाडौं । जीवन विकास लघुवित्तको प्राथमिक शेयर वुधवार (भोलि) बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सम्पुर्ण प्रकृया पुरा भएकाले भोलि ९ः३० बजे आइपीओ बाँडफँड गर्ने तयारी गरेको छ ।

जीवन विकासको आइपीओमा २० लाख ८४ हजार ७६२ जना लगानीकर्ताले आवेदन दिएका छन् ।सर्वसााधारणबाट माग भन्दा १६.९१ गुणा बढी आवेदन परेको हो । जीनव विकास लघुवित्तको सेयर हात पार्न लगानीकर्ताले भाग्यमा भर पर्नुपर्नेछ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । कुल आवेदकमध्ये ८.८६% आवेदकले मात्र शेयर पाउनेछन् ।

बाँकी ९१.१४% आवेदकको हात खाली हुनेछ । कम्पनीले असार ११ गतेदेखि १५ गतेसम्म कुल १९ लाख ७७ हजार ३०० कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ०.५% अर्थात ३० हजार ४२० कित्ता कर्मचारी र ५% अर्थात ९८ हजार ८६५ कित्ता म्युचुअल फन्डको लागि छुट्याइएको थियो । बाँकी १८ लाख ४८ हजार १५ कित्ताका लागि सर्वसाधारणलले आवेदन दिएका हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*