जीवन विकास लघुवित्तको आइपीओ बाँडफाँड सम्पन्न, ५ जनाले पाए ११ कित्ता

२३ असार २०७८, बुधबार १२:१७

काठमाडौं । जीवन विकास लघुवित्तले निष्काशन गरेको आईपिओ बाँडफाँड भएको छ । लघुवित्तको आइपीओमा बिक्रि प्रबन्धक एनएमबि क्यापिटलले आज आफनै क्यापिटल कै कार्यालयमा शेयर बाँडफाँड गरेको हो ।

आईपिओमा कुल २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन परेकोमा ६९ हजार ९ जनाको आवेदन रद्द भएकोे छ । ६९ हजार ९ जनाको आवेदन मध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

यस हिसाबमा २० लाख १८ हजार ३ सय ८ जना आवेदक योग्य रहेका छन् । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका २० लाख १८ हजार ३ सय ८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफांड गरिएको क्यापिटलले उल्लेख गरेको छ ।

जस अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ८ सय १ जनाले १० कित्ता शेयर पाएका छन् भने ५ जनाले ११ कित्ता शेयर पाएका छन् । जसका कारण १९ लाख २ हजार ५ सय १६ जना आवेदकले आइपीओ नपाउने भएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*