आजदेखि आरबीबी म्युचुअल फण्डको १० करोड एकाइ विक्री खुला

२३ असार २०७८, बुधबार १२:४८

काठमाडौँ । आरबीबी म्युचुअल फण्ड १ ले आज देखि १० करोड इकाइ विक्री खुला गरेको छ ।आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड अन्तर्गत सञ्चालन हुने गरी आरबीबी म्युचुअल फण्ड १ ले सो इकाइ लाई विक्री गर्न लागेको छ ।

प्रतिइकाइ रु १० अंकित दरको १० करोड इकाइ विक्रीमा आउन लागेको हो । आरबीबी म्युचुअल फण्डको कुल इकाइमध्ये १ करोड ५० लाख इकाइ कोषको प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंकलाई र इकाइ योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाइ सबै सर्वसाधारणका लागि बिक्री गर्न लागेको फण्डले जनाएको छ । न्यूनतम १०० कित्तादेखि अधिकतम १ करोड इकाइ असार २७ गते र सो अवधिमा विक्री नभए साउन ६ गते भित्र आवेदन दिन सक्नेछन् ।

धितोपत्र बोर्ड बाट सात बर्षे अवधिको बन्दमुखी आस्बा सेवा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तिय संस्था तथा मेरो शेयर एप बाट आवेदन दिन सक्ने आरबीबी म्युचुअल फण्डले जानकारी गराएको छ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*