आँधिखोला लघुवित्तको चौथो साधारणसभा असार ३१ गते

२३ असार २०७८, बुधबार १२:५७

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले एक सूचना जारी गर्दै असार ३१ गते वार्षिक साधारण सभा डाकेको हो ।

कम्पनीको असार १० गते बसेको संचालक समितिको १२८ औं बैठकको निर्णयअनुसार चौथो वार्षिक साधारण सभा असार ३१ गते बिहिबार बिहान ११ः३० बजे स्याङ्जा वालिङ–८ स्थित होटल गाँउवेशीको सभाहलमा हुने जनाएको छ ।

सो सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा प्रस्तुत हुने आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदन पेश गर्ने र सो उपर छलफल गरी पारित गर्ने, आव २०७६/०७७ को लागि लेखापरिक्षक नियुक्त गरी निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डाहरु रहेका छन् ।

साथै बैंक वित्तीय संस्था सम्बन्धी संशोधन गर्ने, वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुने, सम्पूर्ण कार्य गर्न/गराउन संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने एजेण्डा रहेको छ ।

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड सँगको मर्जर प्रयोजनका लागि मिति २०७६/०९/०३ गते वित्तीय संस्थाको शेयर कारोबार रोक्का रहेकोले असार १५ देखि असार ३१ गते सम्म बुकक्लोज अवधि रहेकाले ३० गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीले मात्र सो सभामा उपस्थित हुन पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*