सहारा विकास बैकले घोषणा गर्यो बोनस शेयर

२३ असार २०७८, बुधबार १३:२०

काठमाडौं । सहारा विकास बैंक लिमिटेडले ५ दशमलव ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले आज एक सूचना जारी गर्दै विगत तिन आर्थिक वर्षको संचित मुनाफाबाट सो प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको असार २२ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०७४/७५, ०७५/७६ र ०७६/७७ को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा ५ दशमलव शून्य ५ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि शून्य दशमलव २७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्तापूँजी २७ करोड २२ लाख ७० हजारको आधारमा उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात विकास बैंकको ८ औं, ९ औं र १० औं वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई लाभांश वितरण गरिने बैंकले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*