फरवार्ड माईक्रोफाइनान्सको लिलामी शेयर बाँडफाँड

२३ असार २०७८, बुधबार १३:५०

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको स्वामित्वमा रहेको फरवार्ड माईक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयर बाँडफाँड गरिएको छ ।

कम्पनीले असार ३ गतेदेखि असार १७ गतेसम्म ३ लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता संस्थापक शेयर बिक्रीका लागि बोलपत्र आह्वान गरेको थियो । कम्पनीले सोही अवधिमा प्राप्त बोलपत्रदाताहरुलाई मंगलबार ३ लाख ७४ हजार कित्ता शेयर बाँडफाँड गरेको हो । कम्पनीका अनुसार सो बोलपत्र आह्वानको क्रममा कम्पनीको २० हजार ६३४ दशमलव ४६ कित्ता शेयर भने वितरण हुन सकेन ।

कम्पनीले प्रतिकित्ता रू. ८५० मूल्य तोकेर यो शेयर लिलामीमा ल्याएको हो । रितपूर्वक आवेदन नदिई बाँडफाँडमा नपरेका आवेदकहरुको रकम असार २५ गतेदेखि बैंक खातामै रकमान्तर गरिने कम्पनीले जनाएको छ । कम्पनीको लिलामी शेयर विक्री प्रबन्धकको रुपमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*