जीवन विकास लघुवित्तको आइपीओको नतिजा ३ बजेपछि सार्वजनिक हुने

२३ असार २०७८, बुधबार १४:०५

काठमाडौं । जीवन विकास लघुवित्तको बाँडफाँड आज सम्पन्न भईसकेको छ । बाँडफाँड सम्पन्न भएपनि रिजल्ट हेर्न भने लगानीकर्ताहरूले केही समय कुर्नुपर्ने भएको छ ।

उक्त आईपीओको रिजल्ट ३ बजेपश्चात् हेर्न पाइने एनएमबि क्यापिटल क्यापिटलले जानकारी गराएको छ। आईपिओमा कुल २० लाख ८७ हजार ३ सय १७ जनाको आवेदन परेकोमा ६९ हजार ९ जनाको आवेदन रद्द भएकोे छ । ६९ हजार ९ जनाको आवेदन मध्ये केहीको आवेदन अयोग्य भएको र केहीको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ ।

यस हिसाबमा २० लाख १८ हजार ३ सय ८ जना आवेदक योग्य रहेका छन् । माग भन्दा बढीको आवेदन परेकोले योग्य रहेका २० लाख १८ हजार ३ सय ८ जना आवेदकलाई गोलाप्रथामा सहभागी गराई शेयर बाँडफांड गरिएको क्यापिटलले उल्लेख गरेको छ ।जस अनुसार गोलाप्रथाबाट १ लाख ८४ हजार ८ सय १ जनाले १० कित्ता शेयर पाएका छन् भने ५ जनाले ११ कित्ता शेयर पाएका छन् । जसका कारण १९ लाख २ हजार ५ सय १६ जना आवेदकले आइपीओ नपाउने भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*