मुक्तिनाथ विकास बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी

२३ असार २०७८, बुधबार १४:०६

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । बैंकले सूचना जारी गर्दै ठूलो संख्यामा कर्मचारी माग गरेको जानकारी गराएको हो ।

बैंकले काठमाडौं उपत्यका र उपत्यका बाहिरका लागि विभिन्न पदमा योग्यता पुगेको कर्मचारी माग गरको छ । बैंकले ब्रान्च म्यानेजर, रिलेशनसिप म्यानेजर, ओपरेशन इन्चार्ज, ट्रेड फाईनान्स इन्चार्ज, ट्रेड फाइनान्स डिपार्टमेन्ट, लोन रिकभरी, डिपोजिट मार्केटिङ र फिल्ड स्टाफका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको हो ।

बैंकले इच्छुक योग्यता पुगेका व्यक्तिले साउन ६ गतेभित्रमा कम्पनीको वेभसाइटमा रहेको अनलाईन जब भ्याकेन्सि फर्म भर्न सकिने जनाएको छ ।

 

सूचना स्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*