हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न ग्लोबल आइएमई क्यापिटलको अनुरोध

२३ असार २०७८, बुधबार १४:२५

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल तथा ग्लोबल आइएमई बैंक लिमिटेडले हितग्राहीलाई डिम्याट खाता नविकरण गर्न अनुरोध गरेको छ ।

क्यापिटलले आ.व. २०७७/०७८ सम्मको डिम्याट खाता संचालन गरेवापत वार्षिक शुल्क प्रत्येक आव १०० रुपैयाँका दरले भुक्तानी गनुपर्ने व्यवस्थाअनुसार असार मसान्तसम्ममा तिर्न अनुरोध गरेको हो । क्यापिटलले केन्द्रिय कम्पनीमा गई वा ग्लोबल आइएमई बैंकको आफुलाई पायक पर्ने नजिकको शाखा कार्यालयहरुमा सम्पर्क राखी भुक्तानी गर्न सकिने जनाएको छ ।

साथै डिजिटल भु्क्तानी माध्यम आईएमई–पे, ई–सेवा, कनेक्ट आईपीएस, ग्लोबल आइएमई बैंक लिमिटेडको ई–बैकिङ्ग सेवाबाट पनि भुक्तानी गर्न सकिने जनाएको छ ।

असार मसान्तभित्रमा हितग्राही खातावालाहरुले डिम्याट नविकरण नगरेमा खाता स्वतः रोक्का हुने क्यापिटलले जानकारी गराएको छ ।

 

सूचना श्रोत ः फाइनान्सियल नोटिस डटकम

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*