नेप्से १६ अंकले घट्दा साढे ४ अर्बमाथिको कारोबार, छिमेक लघुवित्तको सर्वाधिक कारोबार

२३ असार २०७८, बुधबार १५:१३

काठमाडौं । आज नेप्से १६ अंकले घटेको छ । लगातार घटेको नेप्से बुधबार १६ दशमलव ९७ अंकले घटेर २८०१.१३ विन्दुमा कायम भएको छ ।

आज २२२ कम्पनीको १ करोड १६ लाख ६४ हजार २०७ कित्ता शेयर किनबेच गर्दा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार ९७६ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचकमध्ये आज २ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । विकास बैंक समूहमा ११.०६ अंक र लघुवित्त समूहमा १९.१९ अंकले बृद्धि भई हरियोमा कायम भएको छ । त्यस्तै, आज सर्वाधिक निर्जीबन बीमा समूहमा १४४.७७ अंकले घटेको छ ।

आज छिमेक लघुवित्त विकास बैंक लिमिटेडको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४३ करोड ५४ लाख २७ हजार ३७ रुपैयाँको कारोबार भएको हो । त्यस्तै आज सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले भने सर्वाधिक कमाउन सफल भएको छ । कम्पनीको आज ३.१६ प्रतिशत अंकले कमाएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*