यी हुन आजका सर्वाधिक कारोबार हुने कम्पनी, पुनर्बीमाको कारोबार घट्दै

२३ असार २०७८, बुधबार १५:१५

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्जमा सर्वाधिक कारोबार हुने १० कम्पनीको सूचिमा छिमेक लघुवित्त वित्तीय संस्था परेको छ ।

सो संस्थाको कूल ४३ करोड ५४ लाख २७ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै, सर्वाधिक कारोबार हुने कम्पनीको सूचिमा आज दोस्रो नम्वरमा पर्न सफल अपर तामाकोशी हाइड्रोपावरको २६ करोड १६ लाख रुपैयाको कारोबार भएको छ भने तेस्रो नम्वरमा रहेको कम्पनी हिमालयन डिस्टीलरीको २३ करोड ५३ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल स्टक एक्सचेन्जमा बुधबार नेपाल पुनर्बीमा कम्पनीको कारोबारमा निकै ह्रास आएको छ । कुनै समय दैनिक डेढ अर्ब रुपैयाँसम्म कारोबार भएको नेपाल पुनर्बीमा कम्पनीको शेयर कारोबार आज जम्मा १४ करोड ५० लाख ४८ हजार रुपैयाँको मात्रै शेयर कारोबार भएको छ ।

त्यस्तै निर्धन उत्थान लघुवित्त विकास बैंकको १३ करोड ९८ लाख, नेपाल टेलिकमको ११ करोड ६९ लाख, निफ्राको १० करोड ९३ लाख, एनआईसी एसिया बैंकको १० करोड ४० लाख, नेपाल इन्स्योरेन्स कम्पनीको ९ करोड ५३ लाख र सिद्धार्थ बैंकको ८ करोड ८१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*