नेप्सेमा दुई लघुवित्तको बोनस शेयर सूचिकृत

२३ असार २०७८, बुधबार १५:५८

काठमाडौं । दुई कम्पनीको  बोनस शेयर आज नेप्सेमा सूचिकृत भएको छ । महिला सहयात्रा लघुवित्त वित्तीय संस्था र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचिकृत भएको हो ।

महिला सहयात्राको १ लाख ३३ हजार १ सय कित्ता सूचिकृत भएको हो । कम्पनीको सम्पन्न साधारण सभाबाट १० प्रतिशत बोनस शेयर सूचिकृत भएको हो ।

त्यस्तै, नेशनल माइक्रोफाइनान्सको ५ लाख ५४ हजार ४९५ दशमलव शून्य २ कित्ता बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको सम्पन्न साधारणसभाबाट २१ प्रतिशत बोनस शेयर सूचिकृत भएको हो । अव यो शेयर लगानीकर्ताले डिम्याट खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*