पुराना शेयरधनीलाई लाभांश लिन बोटलर्स नेपालको अनुरोध

२३ असार २०७८, बुधबार १६:१८

काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले पुराना शेयरधनीहरुलाई लाभांश लिन अनुरोध गरेको छ । कम्पनीले सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

कम्पनीको २०७२ पुष २८ गते सम्पन्न २९ औ वार्षि साधारण सभाबाट पारित लाभांश सम्बन्धित शेयरधनीरुले वा निजको हकवालाले पाँच वर्ष पुगिसक्दा पनि हालसम्म सो लाभांश नलिएकोमा कम्पनीको शेयर रजिष्ट्रार कार्यालय नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड, नारायणचौर नक्साल काठमाडौंमा सम्पर्क गरि लिन अनुरोध गरेको छ ।

शेयरधनीले आफ्नो प्रमाणपत्रका साथ आफ्नो परिचय पत्र लिई आजको मितिदेखि एक महिनाभित्रमा सम्पर्क गरी लिन कम्पनीले अनुरोध गरेको हो । सो अवधिभित्र शेयरधनीले उक्त लाभांश नलिएमा सो लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*