साना किसान विकास लघुवित्तको २० औं बार्षिकोत्सव सम्पन्न

२३ असार २०७८, बुधबार १७:३७

काठमाडौँ । साना किसान लघुवित्त वित्तिय संस्थाको भर्चुअल माध्यमबाट आफ्नो २० औं बार्षिकोत्सव सम्पन्न गरेको छ ।
कोभिड १९ प्रभावलाई मध्यनजर गर्दै जुम माध्यमबाट साझेदार कृषि सहकारी संस्थाका किसान प्रतिनिधिलगायत करिब ३०० जनाको सहभागितामा साधारणसभा सम्पन्न भएको कम्पनीले जनाएको छ ।

साधारणसभाको अवसरमा लघुवित्तले आगामी दिनमा न्यून आय भएका साना किसानको जीवनस्तर माथि उठाउन केन्द्रित रहन साधारणसभाका अथिति तथा राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले निर्देशन दिए । गभर्नर अधिकारीले अझ गुणस्तरीय, प्रभावकारी र नतिजा मुखी सेवा सञ्चालन गर्ने विश्वास उनले व्यक्त गरे ।

लघुवित्तका अध्यक्ष खेमबहादुर पाठकले संस्थामार्फत सहुलियत कर्जा प्रभाव गरी ग्रामीण क्षेत्रमा साना किसान तथा युवाले कृषिसँग सम्बन्धित व्यवसाय तथा उद्यम सञ्चालन गरिरहेको बताए ।

वार्षिकोत्सवको अवसर पारी लघुवित्तले ७४ जिल्लाका ५३१ पालिका ९५७ साना किसान कृषि सहकारी संस्थासहित १ हजार ३७४ सहकारी संस्थाको प्रवद्र्धन र विकास गरी ८ लाख ९७ हजार भन्दा बढी विपन्न किसान सामु लघुवित्त तथा कृषि प्रवद्र्धन कार्यक्रम पुर्याउन सफर रहेको र अगामी दिनमा अझै प्रभावकारी तरिकाले अगाडी बढ्ने लक्ष्य रहेको लघुवित्तले जानकारी दियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*