मैलुङ खोला हाइड्रोपावरलाई आईपीओ निष्काशन गर्न बोर्डको अनुमति

२४ असार २०७८, बिहीबार ११:३१

काठमाडौँ । मैलुङ खोला जलविधुत कम्पनीलाई आईपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । कम्पनीले असार २३ गते सेबोनबाट अनुमति पाएको हो ।

बोर्डले कम्पनीलाई ७ लाख ३६ हजार २८६ कित्ता शेयर निष्काशन गर्न अनुमति दिएको हो । अनुमति प्राप्त भएपश्चात कम्पनी आईपीओ निष्काशनको तयारीमा रहेको छ ।

कम्पनीले पहिलो चरण अन्र्तगत स्थानीय बासिन्दाको लागि १० प्रतिशत शेयर विक्री गरेको थियो भने बाँकी २० प्रतिशत सर्वसाधारणको लागि विक्री गर्न लागेको हो । कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकका रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*