राप्ती हाइड्राले बी प्लस रेटिङ पायो

२४ असार २०७८, बिहीबार १२:१८

काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनलाई रेटिङ एजेन्सी इक्रा नेपालले रेटिङ प्रदान गरेको छ । इक्राले कम्पनीलाई (इक्रा–आईआर) बी प्लस निष्कासनकर्ता रेटिङ प्रदान गरेको हो ।

यो रेटिङ प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेका मानिन्छन्। इक्राका अनुसार यो रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र रहेको र कम्पनीको सर्वमान्य हुने किसिमको मूल्यांकन भने होईन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*