एसबीआई बैंकद्धारा वीर अस्पताललाई चिकित्सा उपकरण साम्रागी हस्तान्तरण

२४ असार २०७८, बिहीबार १२:३६

काठमाडौँ । नेपाल एसबीआई बैंकले आफ्नो २८ औं वार्षिकोत्सवको अवसरमा वीर अस्पताललाई चिकित्सा उपकरण हस्तान्तरण गरेको छ ।

बैंकले आफनो समाजिक उत्तरदायित्व अन्र्तगत उक्त सहयोग गरेको हो ।बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देलेले वीर अस्पताल कोभिड एकीकृत केन्द्री अस्पतालका प्रमुख प्रशासकीय अधिकृत डा. जागेश्वर गौतमलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

वार्षिकोत्सवको अवसर पारी हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीमा अस्पतालका उपनिर्देशक डा. आशीष ढुंगाना, बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत मोहम्मद रिजवान आलम लगायत अस्पताल र बैंकका अन्य कर्मचारी पनि सहभागी रहेका थिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*