कृषि बैंक र निजामति अस्पतालबीच सम्झौतापत्रमा हस्ताक्षर

२४ असार २०७८, बिहीबार १२:४२

काठमाडौँ । कृषि विकास बैंकले दश बर्षसम्मका लागि निजामति अस्पताल परिसरमा एक्सटेन्सन काउन्टर, एटीएम लगायत सेवा सञ्चालन तथा बिलिङ काउन्टर बैंकबाट सञ्चालन गर्ने सम्झौता भएको हो । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यय र अस्पतालका तर्फबाट कार्यकारी निर्देशक प्रा.डा. विधाननिधि पौडेलले हस्तान्तरण गरेका हुन ।

सम्झौता पश्चाप अस्पतालमा आउने सेवा ग्राही, डाक्टर र कर्मचारी लागि सहज हुने विश्वास अस्पतालले गरेको छ । हाल सम्म कृषि विकास बैंकले देशभरीमा २८० शाखाबाट बैकिङ कारोबार गर्दै आइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*