नेप्से २३ अंकले बढ्दा ११ समूहमा हरियाली छायो, नेपाल बैंकको सर्वाधिक कारोबार

२४ असार २०७८, बिहीबार १५:२३

काठमाडौं । लगातार घटेको नेप्सेमा आज सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक २३ दशमलव ९७ अंकले बढेर २८२५.११ विन्दुमा कायम भएको छ ।

आज २२३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २४० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २९४ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज २ समूह बाहेकका सबै समूहमा हरियाली छाएको छ । आज सर्वाधिक विकास बैंक समूहमा ८९.५७ अंकले बढेर हरियाली छाएको हो । त्यस्तै आज दुई समूह व्यापार समूह र अन्य समूहमामा भने रातो अंक छाएको छ ।

त्यस्तै आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल बैंक लिमिटेड रहेको छ । कम्पनीको आज २१ करोड ५२ लाख ९१ हजार ५१ रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै आज सर्वाधिक कमाउने कम्पनीमा गुहेश्वरी मर्चेन्ट बैंक रहेको छ । कम्पनीको आज ९.४७ प्रतिशत अंकले कमाउन सफल भएको हो । साथै गुमाउने आज कर्पोरेट डेभलभमेन्ट बैंक रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*