नेप्सेमा हरीयाली छाँउदा यी कम्पनीको भयो सर्वाधिक कारोबार

२४ असार २०७८, बिहीबार १५:२१

काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज पुन :उकालो लागेको छ। नेप्सेमा सूचीकृत २ सय २३ कम्पनीको १ करोड ३१ लाख ४३ हजार २ सय ४० लाख कित्ता शेयर खरिदबिक्रि भएको छ।नेपाल बैंकको सर्वाधिक कारोबार भएको छ। बैंकको २१ करोड ५२ लाख रुपैयाँ शेयर कारोबार भएको छ ।

हिमालयन डिष्टिलरीको १७ करोड ४६ लाख रुपैयाँ, एनआईसी एशिया बैंकको १६ करोड ७९ लाख रुपैयाँ, निफ्राको १३ करोड ९९ लाख रुपैयाँ, अपर तामाकोशी १२ करोड ५३ लाख रुपैयाँँ नबिल बैंकको ११ करोड ८६ लाख रुपैयाँ सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*