युनियन हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आज

२५ असार २०७८, शुक्रबार ०७:५५

काठमाडौं । युनियन हाइड्रोपावर कम्पनीको वार्षिक साधारण सभा आज रहेको छ । कम्पनीले विगत दुई आर्थिक वर्षको संयुक्त वार्षिक साधारण सभा बोलाएको हो । सभा भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ ।

युनियन हाइड्रोपावर कम्पनीले आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ को वार्षिक साधारण सभा गर्न लागेको हो । दुवै आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु सहित हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नका लागि कम्पनीले सभा बोलाएको हो ।

हकप्रद शेयर निष्कासनको प्रस्तावका साथै संस्थापक समूहबाट तीन जना र सर्वसाधारण समूहको तर्फबाट एक जना महिला सहित तीन जना गरी कुल ६ जना सञ्चालकको निर्वाचनको कार्यक्रम समेत सभाका लागि तय भएको छ । सभाका लागि असार १५ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असार १४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*