कर्पोरेट डेभलपमेण्ट बैंकको १३औं वार्षिक साधारण सभा आज, एजेण्डाहरु यस्ता छन्

२५ असार २०७८, शुक्रबार ०७:५५

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको १३औं वार्षिक साधारण सभा आज हुने भएको छ । कम्पनीको असार १ गतेको सञ्चालन समितिको बैठकले प्रधान कार्यालय वीरगंज, पर्सामा विहान ७ बजेर ३५ मिनेटमा सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७६÷७७ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि छलफल गर्ने भएको छ।
साथै , सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रकृयामा जान आवश्यक भएका त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालन समितिलाई दिने निर्णय पनि गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*