एभरेष्ट बैंकको ६ लाख इकाई ऋणपत्र परिपक्क हुँदै

२४ असार २०७८, बिहीबार १९:३५

काठमाडौं । एभरेष्ट बैंकको ६ लाख बराबरको इकाई ऋणपत्र परिपक्क हुने भएको छ । बैंकले आर्थिक बर्ष २०७१/२०७२ असार ३१ गते जारी गरेको ‘८ प्रतिशत एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०७८’ यही असार ३१ गते परिपक्क हुन लागेको हो ।

ऋणपत्र परिपक्क हुन लागको हुनाले रकम फिर्ताका लागि बैंकले एभरेष्टले लगानीकर्तासँग बैंक खाताको विवरण उपलब्ध पेश गर्न आग्रह गरेको छ ।
साथै, बैंक खाताको विवरणसँगै ऋणपत्रको सक्कल प्रमाणपत्र तथा नेपाली नागरिकताको प्रमाणपत्र वा आधिकारिक परिचयपत्रको प्रतिलिपिसमेत उपलब्ध गराउन अनुरोध गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*