एनएमबि बैंकको संस्थापक शेयर बिक्रीमा

२५ असार २०७८, शुक्रबार ११:५६

काठमाडौं । एनएमबि बैंकका संस्थापक किरण सिग्देलले आफ्नो नाममा कायम रहेको संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

बैंकले सिग्देलको नाममा कायम रहेको ४० हजार ६४ कित्ता संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुले आजको मितिले ३५ दिनभित्र कम्पनी सचिवको कार्यालय बबरमल, काठमाडौंमा आइपुग्ने गरी आवदेन दिन सकिने जनाएको छ ।

सो अवधिभित्र संस्थापक शेयरधनीहरुकबाट शेयर खरिद गर्ने सम्बन्धमा कुनै निवेदन प्राप्त नभएमा अन्य व्यक्ति÷संस्थाहरुलाई सो शेयर बिक्री हुन सक्ने जानकारी समेत बैंकले गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*