नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरी असार ३०देखि एकीकृत कारोबार सुरु गर्दै

२५ असार २०७८, शुक्रबार १२:०६

काठमाडौं । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ति गरी असार ३० गतेदेखि एकीकृत रुपबाट कारोबार सुरु गर्ने भएको छ ।

जेठ २५ गते बसेको दुवै लघुवित्तको छुट्टाछुट्टै साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुवै कम्पनीले एकीकृत कारोबार सुरु गर्न लागेका हुन् ।

दुवै कम्पनी एक भई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्न लागेका हुन् । प्राप्ति पश्चात कम्पनीको रजिष्टर्ड कार्यालय धादिङ जिल्ला वडा नं. ३ पुछारबजारमा रहने बताइएको छ ।असार २९ गते (एक दिन) व्वस्थापन तथा प्राविधिक कारणले महिला सहयात्रा लघुवित्तको सम्पूर्ण कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*