एनआईसी एसिया क्यापिटलले पाचौं म्युचुअल फण्ड संचालनको लागि धितोपत्र बोर्डमा दियो आवेदन

२५ असार २०७८, शुक्रबार १२:१८

काठमाडौं । एनआईसी एसिया क्यापिटलले पाचौं म्युचुअल फण्ड संचालनको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ। यसअघि क्यापिटलले फेलेक्सी क्याप फण्ड नामको योजना निष्काशन गर्न बोर्डले अनुमति माग गरेको थियो ।यो बन्दमुखी प्रकृतिको योजना हो । यस योजना अन्तर्गत क्यापिटलले प्रति इकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्काशन गर्ने छ ।

१ अर्ब आकारको यो योजना अन्तर्गत संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सुचिकृत कम्पनीहरुमा लगानी गरिने कम्पनीले उल्लेख गरेको छ । लगानी गर्दा स्मल क्याप, मिड क्याप, तथा लार्ज क्याप मध्ये जुनमा क्यापमा राम्रो प्रतिफल प्राप्त गर्न सकिन्छ, त्यसमै लगानी गर्ने क्यापिटलले जनाएको छ । बोर्डबाट अनुमति पाएसँगै क्यापिटलले सर्वसाधारणका लागि फण्ड निष्काशन गर्ने छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*