मनकामना स्मार्ट लघुवित्तका प्रिअलटमेन्ट सम्पन्न, कहिले हुदैँछ बाँडफाँड?

२५ असार २०७८, शुक्रबार १४:१५

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको लघुवित्तको प्राथमिक शेयर आज ‘प्रि अलटमेन्ट’ सम्पन्न भएको छ। कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले आज बिहान ११ बजे प्रि अलटमेन्ट सम्पन्न गरेको हो ।

अलटमेन्टको काम सकिए पछि नेपाल धितोपत्र बोर्डमा जानकारी गराइने र बोर्डको अनुमती प्राप्तिपछी सोमबार शेयर बाँडफाँड गर्ने तयारी भईरहेको क्यापिटलले जनाएको छ ।

कम्पनीले निष्काशन गरेको अन्तिम दिनमा उक्त आईपिओमा ७१ गुणा बढीको आवेदन परेको थियो । कम्पनीको आइपीओमा २० लाख १ हजार ९ सय १९ आवेदकबाट २ करोड ६१ लाख ५५ हजार १० कित्ताको लागि आवेदन परेको थियो । यो माग गरिएको भन्दा ७१।९५ गुणा बढी हो । कम्पनीको आईपिओ गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले मात्र शेयर पाउने छन् । जसका कारण १९ लाख बढी आवेदन हात खाली हुनेछ ।

कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको थियो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ।

लघुवित्तले ३२।११ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरको थियो । सर्वसाधारणलाई छुट्याइएकोबाट कर्मचारी र सामूहिक लगानी कोषलाई पनि शेयर दिईएको क्यापिटलले जनाएको छ।त्यस्तै, तीन लाख ८९ हजार कित्ता सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४ सय ५० कित्ता कोषहरुले पाउने छन्। बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*