कृषि विकास बैंकद्धारा कृषि औजार हस्तान्तरण

२५ असार २०७८, शुक्रबार १६:४५

काठमाण्डौ । कृषि विकास वैंक लिमिटेडको भरतपुर शाखाले कृषि सामाग्री र उपकरण प्रदान गरेको छ । शाखाले भरतपुर–२५ स्थित युवा आधुनिक सामुहिक खेती फर्मलाई कृषि सामग्री र उपकरण प्रदान गरेको हो ।

उक्त कृषि सामाग्री र उपकरण बैंकका संचालक सञ्जीव पौडेलले फर्मका अध्यक्ष लेखनाथ भुसाललाई प्रदान गरेका थिए ।

बैंकले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उक्त फर्मलाई १८० थान क्रेट, १८ थान आटोमेटिक स्प्रे मेसिन तथा १ थान डिजिटल काँटा एक हस्तान्तरण गरेको हो । कृषि औजार हस्तान्तरणपछि कृषि क्षेत्रको उत्थान हुने कृषि विकास बैंकको लक्ष्य रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*