सिटिजन्स बैंक र सिर्जना फाइनान्स मर्जर सम्पन्न, एकीकृत कारोबार सुरू

२७ असार २०७८, आईतवार ०६:४६

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र सिर्जना फाइनान्स गाभ्ने, गाभिने प्रक्रिया पूरा भएको छ । दुई वित्तीय संस्थाले हिजोबाट एकीकृत कारोबार सुरु गरेपछि मर्जर प्रक्रिया पूरा भएको हो । बैंक र फाइनान्सलाई राष्ट्र बैंक तथा कम्पनी रजिस्ट्रारको कार्यालयको स्वीकृतिपछि शनिबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् । हिजो औपचारिक कार्यक्रमका बीचमा एकीकृत कारोबार सुरुभएको छ ।

बैंक र फाइनान्सका सञ्चालक तथा उच्च व्यवस्थापनका कर्मचारी सहभागी भएको एक समारोहबीच बैंकका सञ्चालक समिति अध्यक्ष राजनसिंह भण्डारीले संयुक्त कारोबारको सुरुवात गरेका हुन् ।

बैंकले फाइनान्सलाई प्राप्ति गरेपछि सिटिजन्स बैंक थप बलियो बनेको छ । अब बैंकको कूल निक्षेप करिब एक खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ भने ऋण लगानी करिब एक खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । दुवैलाई वित्तीय संस्थालाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।

दुवै संस्थाको जेठ २७ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । डिडिए प्रतिवेदनका आधारमा तय भएको १००ः९५ शेयर स्वाप रेसियोमा सिर्जना फाइनान्सलाई प्राप्ति गरेको सिटिजन्स बैंकको चुक्ता पुँजि बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*