एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको ३ लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

२७ असार २०७८, आईतवार ११:५६

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको स्वामित्वमा रहेको तीन कम्पनीको संस्थापक शेयर आज (असार २७) गतेदेखि लिलामी आएको छ । बैंकको स्वामित्वमा रहेको महुली लघुवित्त वित्तीय संस्था, आरएमडीसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलामीमा आएको हो ।

जसमध्ये महुली लघुवित्तको ५३ हजार ७० कित्ता लिलामीमा आएको छ । कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता ७५२ रुपैयाँ तोकेको छ । बोलकबोल गर्दा तोकिएको मूल्य वा सो भन्दा बढी मूल्य अंकित गरी गर्नुपर्ने कम्पनीले जनाएको छ । संस्थाको शेयरमा न्यूनतम ५०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ ।

त्यस्तै, आरएमडीसी लघुवित्तको ३ लाख ७३ हजार ७६५ कित्ता लिलामीमा आएको छ । जसमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिनेछ । कम्पनीले न्युनतम मूल्य ४७३ रुपैयाँ तोकेको छ । बोककबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गर्नुपर्ने हुन्छ ।

त्यस्तै, मेरो माइक्रोफाइनान्सको ५६ हजार ८२८ कित्ता संस्थापक शेयर लिलामीमा आएको छ । संस्थाको लिलामी शेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीले न्यूनतम मूल्य प्रतिकित्ता ५३४ तोकेको छ । बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी गर्नुपर्ने हुन्छ ।

सबै कम्पनीको शेयर विक्री प्रबन्धकका रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*