पोखरा फाइनान्सको संस्थापक शेयर बिक्रीमा

२७ असार २०७८, आईतवार १२:१२

काठमाडौँ । पोखरा फाइनान्स लिमिटेडले संस्थापक समुहको शेयर बिक्री गर्न लागेको छ । संस्थाका संस्थापक शेयरधनी हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो स्वामित्वमा रहेको शेयर बिक्रीका लागि संचालक समितिलाई निवेदन पेश गरेसँगै संस्थापक शेयर बिक्री गर्न लागिएको हो ।

कम्पनीले एक सूचना जारी गर्दै संस्थापक शेयर खरिद गर्ने इच्छा भएका शेयरधनीले आजको मितिदेखि ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय न्यूरोड र पोखरा ९ मा सम्र्पक राखी निवेदन सक्नेछन ।

साथै तोकिएका समयभित्र शेयर खरिदका लागि कुनै पनि सूचना नपरेको खण्डमा कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*