मनकामना स्मार्ट लघुवित्तको लघुवित्तको आइपीओ भोलि बाँडफाडँ , १९ लाख बढी आवेदन हात खाली

२७ असार २०७८, आईतवार १२:४२

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको लघुवित्तको प्राथमिक शेयर भोलि बाँडफाँड हुने भएको छ। कम्पनीको बिक्री प्रवन्धक एनएमबी क्यापिटलले सम्पुर्ण प्रकृया पुरा भएकाले भोलि ९ः३० बजे आइपीओ बाँडफँड गर्ने तयारी गरेको छ ।

कम्पनीले गत शुक्रबार प्रिअलमेन्ट सम्पन्न गरेको थियो । कम्पनीले निष्काशन गरेको अन्तिम दिनमा उक्त आईपिओमा ७१ गुणा बढीको आवेदन परेको थियो । कम्पनीको आइपीओमा २० लाख १ हजार ९ सय १९ आवेदकबाट २ करोड ६१ लाख ५५ हजार १० कित्ताको लागि आवेदन परेको थियो । यो माग गरिएको भन्दा ७१।९५ गुणा बढी हो । कम्पनीको आईपिओ गोलाप्रथाबाट ३६ हजार ३ सय ४९ जनाले मात्र शेयर पाउने छन् । जसका कारण १९ लाख बढी आवेदन हात खाली हुनेछ ।

कम्पनीले असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गरेको थियो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ।
लघुवित्तले ३२।११ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरको थियो । सर्वसाधारणलाई छुट्याइएकोबाट कर्मचारी र सामूहिक लगानी कोषलाई पनि शेयर दिईएको क्यापिटलले जनाएको छ। त्यस्तै, तीन लाख ८९ हजार कित्ता सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४ सय ५० कित्ता कोषहरुले पाउने छन्। बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*