अरुण भ्याली हाइड्रोपावरको अवतरित हकप्रद शेयर बाँडफाँड

२७ असार २०७८, आईतवार १३:११

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले अवतरित हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले सूचना जारी गर्दै बाँडफाँड तथा रकम फिर्ता भुक्तानी गरेको जानकारी गराएको हो ।

कम्पनीले सर्वसाधारण समूह तर्फका ४ लाख ३५ हजार ८९४ कित्ता अवतरित हकप्रद शेयर बाँडफाँड गरेको हो । कम्पनीले असार ९ गतेदेखि असार १६ गतेसम्म शिलबन्दी बोलपत्रद्धारा खरीद गर्न आह्वान गरेकोमा सो अवधिभित्र बोलपत्रहरु असार २१ गते खोली असार २४ गते निष्काशतकर्ता कम्पनीको संचालक समितिले बाँडफाँड गरेको हो ।

साथै आवदेकहरुको बाँडफाँडमा नपरेको शेयर वापतको रकम फिर्ता असार २८ सोमबारदेखि आवेदकले आफ्नो आवदेन फाराममा उल्लेख गरेको बैंक/वित्तीय संस्थाको खातामा कनेक्ट आइपीएसमार्फत रकमानन्तर गरिने जानकारी गराएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*