नेपाल लाइफको ३१ प्रतिशत बोनस शेयर सूचीकृत

२७ असार २०७८, आईतवार १३:१७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ३१ प्रतिशत बोनस बापतको एक करोड ७० लाख ३८ हजार ९८ दशमलव ५१ कित्ता शेयर सूचिकृत भएको हो ।कम्पनीले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट कम्पनीका शेयरधनीहरूलाई ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । उक्त लाभांश माघ २८ गतेकोे २० औं वार्षिक साधारण सभाले पारित गरिसकेको छ ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयोजनको लागि माघ १४ गतेदेखि माघ २८ गतेसम्म बुकक्लोज गरेको थियो । त्यसैले, माघ १३ सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*