एमएमबी बैंकका ग्राहकहरुलाई चार स्टोरमा अनलाइन किनमेल गर्दा ५ सय रुपैयाँसम्म क्यासब्याक

२७ असार २०७८, आईतवार १४:५१

काठमाडौं । एनएमबी बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई सुविधा दिने हेतुले नयाँ सेवा योजना ल्याएको छ ।

बैंकले द्धिपक्षीय समझदारी भएको प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई फुडमान्डुलगायतका स्टोरहरुमा विद्युतीय भुक्तानी गरी सामान खरिद गर्दा १० प्रतिशत सम्म छुट पाइने क्यासब्याक योजना ल्याएको जानकारी गराएको हो ।

बैंंकका अनुसार अब कर्मचारी र ग्राहकहरूले घरमै बसेर खानाका साथै विभिन्न आवश्यक सामाग्रीका फुडमान्डु, स्टपग्र्याब, ग्यापु र किरानाबाट अनलाइन अर्डर गर्दा बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*