नेपाल बंगलादेश बैंकद्वारा मकवानपुरगढीका कृषकलाई किसान कृषि लोन कार्ड प्रदान

२७ असार २०७८, आईतवार १६:५४

काठमाण्डौ । नेपाल बंगलादेश बैकले कृषि लोन कार्ड प्रदान गरेको छ । बैंकले मकवानपुर जिल्लाको मकवानरपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको हो ।

नेपाल बंगलादेश बैंक, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच चौपक्षीय सम्झौता भई सो क्षेत्रका कृषकलाई कृषि लोन कार्ड हस्तान्तरण गरेको हो ।

मकवानपुरगढीे गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंबाट किसान कृषि लोन कार्ड हस्तान्तरण गरी असार २५ गतेबाट लगानीको सुरुआत गरिएको बैंकले जनाएको हो । यसबाट पहिलो चरणमा मकवानपुरगढी गाउँपालिका वडा नं. ३ का २५ जना कृषक लाभान्वित हुने बैंकले जनाएको छ ।

उक्त योजनाअन्तर्गत बिनाधितो एकैप्रकारको व्यवसाय गर्ने र एउटै क्षेत्रका किसानलाई सहुलियतपूर्ण कृषि कर्जा प्रदान गर्ने बैंकले जनाएको छ । कृषकहरुले लोनका साथै सोही बराबरको क्यू आर कोड अंकित किसान कृषि लोन कार्ड बैंकबाट प्राप्त गर्नेछन् ।

उक्त कार्डबाट कृषकहरुले कृषि सामाग्री खरिद गर्दा कार्डको क्यूआर कोडबाट भुक्तानी गर्न सक्नेछन् । बैंकले पहिलो चरणमा पाइलट प्रोजेक्टका रुपमा मकवानपुरगढीे गाउँपालिकाबाट सुरु गरी नेपालभरि नै यस किसिमको कर्जा विस्तारित गर्ने जनाएको छ । साथै ग्रामीण भेगका कृषकहरुलाई विद्युतीय माध्यमबाट बैंकिङ कारोबार गर्न प्रोत्साहन गर्ने बैंकले अठोट लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*