एनआईसी एशिया क्यापिटलद्धारा डिम्याट खाता नकिवरण गर्न अनुरोध

२७ असार २०७८, आईतवार १७:५७

काठमाडौं । एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया बैंक लिमिटेडले हितग्राहीहरुलाई डिम्याट खाता नबिकरण शुल्क बुझाउन अनुरोध गरेको छ ।

क्यापिटलले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७७/०७८ सम्म डिम्याट खाता संचालन गरेवापत वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन आग्रह गरेको हो ।

हितग्राहीहरुले साउन १५ गते भित्र बैंकको ५४४४४५१०२५५२४००९ खाता नम्बरमा रु. १०० जम्मा गरी डिम्याट खाता नविकरण गर्न सक्नेछन् । साथै डिजिटल भुक्तानी माध्यमहरु ई – सेवा, खल्ती, आइएमई – पे र कनेक्ट आईपीएस मार्फत पनि शुल्क बुझाउन सक्ने क्यापिटलले जनाएको छ ।

तोकिएको अवधि साउन १५ गते भित्र डिम्याट नविकरण शुल्क भुक्तानी नगरेमा हितग्राहीहरुको डिम्याट खाता स्वतः रोक्का हुने क्यापिटलले जानकारी गराएको छ ।

साथै एनआईसी एशिया क्यापिटल र एनआईसी एशिया बैंकमार्फत मेरो शेयर सेवा लिइरहको हितग्राहीहरुले एक वर्ष अवधि पुगेकाले नविकरण गर्नुपर्ने जानकारी गराएको छ । मेरो शेयर संचालनमा आएको एक वर्षमा हितग्राहीले वार्षिक शुल्क ५० रुपैयाँ बुझाउनुपर्ने प्रावधान रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*